सहमतिको आधार स्पष्ट नभएसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने अडान कायम
काठमाडौं, ३१ साउन (दैनिकी)
नेपाली काङ्ग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री निर्बाचनमा आफ्नो पक्षमा बहुमत जुटाउन पहल तीव्र पार्ने निर्णय पनि गरेको छ । सोमबार कार्यबाहक सभापति सुशील कोइरालाको निबास महाराजगन्जमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको छ । प्रधानमन्त्रीको पाँचौ चरणको निर्बाचन आउँदो भदौ दुई गते हुँदैछ । बैठकले सहमतिको आधार स्पष्ट नभएसम्म प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने अडान कायम राखेको छ । नेकपा एमालेले एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसलाई बहुमतीय खेलले शान्ति प्रक्रिया र संविधान लेखन निष्कर्षमा पुर्याउन नसक्ने भएकोले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो । सहमतिको ठोस आधारविना प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिए मुलुक झनै अन्यौलमा पर्ने काङ्ग्रेसको बताउदै आएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks