Loving nepal news

Sunday, August 1, 2010

सांग्रिला क्यासिनोमा छापा

काठमाडौं, श्रावण १६ - प्रहरीले लाजिम्पाटस्थित सांग्रिला क्यासिनोमा छापा मारेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार बिहान छापा मारेर तीन नेपालीलाई पक्राउ गरेको हो ।
बिहान ८ बजे छापा हानेर प्रहरीले तनहुँका टंकबहादुर गुरुङ, सिन्धपाल्चोकका सनम शेर्पा र धादिङका दीपक न्यौपानलाई पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले दस हजार दरको क्वाइन तीन थान, एक हजार दरको दस थान र २१ हजार रुपैयाँ जफत गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks