लेखनाथ-, भाद्र ४ - पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रवार तालाबन्दी गरिएको छ ।
विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा शिक्षक नियुक्तिको विषय विवादमा परेर पढाई नभएपछी विद्यार्थीले कार्यालयमा ताला लगाएका हुन् ।
अखिल क्रान्तिकारीका विद्यार्थीले आफनो अनुकूलका शिक्षक नियुक्ति गर्न दबाब दिएपछि विवाद सुरु भएको हो । विद्यार्थीले कार्यालयमा बसिरहेका उपकुलपति, रजिष्टार, शिक्षक तथा अन्य कर्मचारीहरुलाई बाहिर निकाली तालबन्दी गरेका हुन ।
शिक्षक छनौटमा पारदर्शिता नभएको भन्दै रजिष्ट्रारले सिफारिस भएका पाँच शिक्षकलाई नियुक्ति नदिएपछी क्रान्तिकारी विद्यार्थीले तिनै शिक्षकलाई नियुक्ति दिन दबाब दिएका हुन् । क्रान्तिकारी विद्यार्थीले रजिष्ट्रार ओमप्रकाश शर्मालाई विहिवार गएको दुई दिन राती अबेरसम्म कार्यकक्षमै थुनेर राखेका थिए ।
'मलाई कार्यालयमा थुनेर क्रान्तिकारीका विद्यार्थीले एकलौटी शिक्षक नियुक्त गर्न दबाब दिए,' रजिष्टार शर्माले भने, 'शिक्षक छनौटमा पारदर्शिता नभएकोले नियुक्ति नदिइएको हो ।' उनले एक थरी विद्यार्थी नियुक्त गर भन्दै दबाब दिने र अर्कोथरी विद्यार्थी पढाई भएन भन्दै दबाब दिन थालेपछि वातावरण अस्तव्यस्त बनेको बताए ।
स्कुल अफ इन्जिनियरिङका निर्देशक सन्तोष कुमार पोखरेलले पक्षपापुर्ण तरिकाले शिक्षक नियुक्तिका लागि सिफारिस गरेको भन्दै अन्य प्रतिष्पर्धिले राजिष्ट्रारसमक्ष उजुरी दिएपछी उनले नियुक्ति थाति राखेको बताए । निर्देशक पोखरेल पाँच शिक्षक नियुक्तिको सिफारिस गरेपछी क्याम्पसमै अनुपस्थित छन् । उनलाई पनि अघिल्लो दिन दिउँसो कार्यकक्षमै विद्यार्थिले थुनेका थिए ।
निर्देशकले दक्ष शिक्षक नराखि राजनीतिक आस्थाका आधारमा -माओवादी निकट) सिफारिस गरेर विद्यार्थीको भविष्य माथि खेलबाड गरेको भन्दै उक्त संकायका ९५ जना विद्यार्थीले उनकेा राजीनामा समेत माग गरेका छन् । 'डाइरेक्टरले राजनीति भित्र्याएर हाम्रो भविष्यमाथि खेलवाड भएको छ शैक्षिक समस्यालाई ध्यान दिईएको छैन' विद्यार्थी शिवराज गोसेलीले भने, 'समस्याकेा समाधान भएन भने हामी चरणवद्ध आन्दोलनमा उत्रने छौ ।'
प्रथम श्रेणिमा उतिर्ण भएकालाई नभई तेस्रो र दोस्रो श्रेणिमा उतिर्ण भएकालाई निर्देशकले नियुक्तिका लागि सिफारिस गरेपछी विवाद भएको हो । जीवशास्त्रका प्रथम श्रेणीमा उर्तिण विपिन प्रसाद चौधरीलाई सिफारिसका लागी नबोलाई राजनितिक आस्थाका आधारलाई द्वित्तिय श्रेणीमा उर्तिण भएकालाई छनौट गरिएपछि चौधरीले समेत आपत्ती जनाउँदै रजिष्ट्रारका कार्यालयमा निवदेन दिएका छन् ।
केहीलाई सबै योग्यताका प्रमाणपत्र समेत नभई नियुक्ति दिइएको पीडित शिक्षकहरुको गुनासो छ । ' नियुक्तिका लागी प्रमाणपत्र पेश गरेका केही शिक्षकहरुले अपारदर्शि भयो भन्दै निवदेन नै दिएका छन्, रजिष्टार शर्माले भने,'एकलौटी नियुक्क्ती विवादले यो अवस्था निम्त्याएको हो ।'
राजनितिक आस्थाका आधारमा शिक्षक नियुक्ती गरिएको भन्दै अनेरास्ववियु र नेविसंघले वद्यार्थीहरुले विरोध जनाएपछि तीन दिन देखि विश्वविद्यालयको पठनपाठन ठप्प भएको छ । दुवै संगठनले राजनितिक आस्थाका आधारमा गरिएको शिक्षक नियुक्क्ती प्रकृया तत्काल सच्चाउन विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।
विश्वविद्यालयमा कुनै अपि्रय घटना घटने सक्ने आंशकामा विश्वविद्यालय प्रवेशद्धारमा प्रहरी तैनाथ गरिएकेा छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks