Loving nepal news

Monday, August 30, 2010

घर भत्किदा सातको मृत्यु

तुलाराम पाण्डे

मान्म (कालीकोट), भाद्र १५ - कालीकोटको भर्ता १ साहुवाडास्थित पर्व दमाईको घर भत्किदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल सदरमुकाम मान्मबाट २५ किलोमिटर दक्षिणमा पर्छ ।

मृत्यु हुनेमा पर्व दमाईका तीन छोराछोरी र सुकाटिया ७ उदागाउबाट पाहुना गएका ३७ वर्षीय काशे दमाईको चार जनाको परिवार रहेको जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोखरेलले बताए ।

उनकाअनुसार पर्वका १० वर्षीय छोरा रज वहादुर, ७ वर्षीय छोरा अलि र ३ वर्षीया छोरी काली छन् भने सुकाटियाबाट आफन्त भेट्घाट गर्न पर्वको घरमा गएका सुकाटिया ७ का बहिनी ज्वाँई ३७ वर्षीय काशे दमाई, उनकी श्रीमती २५ वर्षीया नानी दमाई, ७ वर्षीया छोरी काली दमाई र ५ वर्षीय छोरा धर्म दमाई रहेका छन् ।

घरमालिक ४० वर्षीय पर्व दमाई, उनकी पत्नी ३२ वर्षीया हरिशोभा र पाहुना गएका काशे दमाईका १३ वर्षीय छोरा नम दमाई घाइते छन् । घाइतेको स्थानीय उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

सोमवार बेलुकीदेखिको वर्षाले खरको छाना भएको ३ तले घर भत्किएको थियो । घर भत्किएको सुचना पाउने बित्तिकै सुकाटिया प्र्रहरी चौकीबाट सहायक प्रहरी निरीक्षक हर्कवहादुर रोकायाको टोली राति १ वजे घटनास्थल पुगेर घाइतेको उद्दार गरेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks