कान्तिपुर संवाददाता
काठमाडौं, भाद्र ९ - काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक कुनै विना निष्कर्ष नै टुङ्गिएको छ । शान्ति प्रकृया र संविधान निर्माणका आधारहरुमा दुवै दलका नेताहरु सहमत भएपनि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन काँग्रेसले अस्वीकार गरेको छ ।
'शान्ति र संविधान निर्माणको विषयहरुमा हाम्रा कुराहरु फरक छैनन्, हामी दुवै दलको एउटै भनाइ हो' काँग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले संवाददाताहरुलाई भने, 'तर, हामी सुन्यतामा प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिदैनौं ।'
प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनको लागि माओवादीसहित सहमति बन्नुपर्ने काँग्रेस नेताहरुको भनाइ रहेको छ ।
एमाले अध्यक्ष झलनाथ खनालले भने बैठक सकरात्मक रहेको उल्लेख गर्दै फेरी पनि छलफल गर्ने बताए ।
एमालेको पोलिटब्यूरो बैठकले गत शनिबार तयार पारेको शान्ति र संविधानका लागि आधार पत्रका सम्बन्धमा काँग्रेस र एमाले शीर्ष नेताहरु बीच छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल, सचिव विष्णु पौडेलसहितका नेताहरु थिए ।
त्यसैगरी काँग्रेसका कार्यबाहक सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरु थिए ।
एमालेले आधार पत्रमा चार महिना भित्र माओवादी सेनाका लडाकुलाई पुनस्थापना र समायोजन गरी सक्ने, संविधान विवादस्पद बुँदाहरुमा सहमति कायम गर्ने तथा माओवादी र काँग्रेस दुवैले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको लागि छलफल अघि बढाउने रहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks