कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र १२ - छुट्टा छुट्टै प्रतिवेदन पार्टी फुटाउने षडयन्त्रणको रुपमा आएको माओवादी जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांस सदस्यले आरोप लगाएका छन् । शनिबार बोल्ने सदस्यहरुले छुट्टा छुट्टै प्रतिवेदन आउन देशी विदेशी शक्तिले पार्टी फुटाउने षडयन्त्र भएको दाबी गरे । विगत केही दिनदेखि राजधानीमा जारी माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईले फरक फरक प्रतिवेदन पेश गरेका छन् । आजको बैठकमा सचिव पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य कृष्णबहादुर महरा र देव गुरुङले आ-आफ्ना धारणा राखेका थिए । अर्को बैठक आइतबार ११ वजे बस्ने छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks