Loving nepal news

Thursday, August 12, 2010

गर्मीले सशस्त्र प्रहरीको मृत्यु

कान्तिपुर संवाददाता
निजगढ, श्रावण २८ २०६७ १०:२२ - - केही सातादेखिको चर्को घामसँगै बढदो गर्मीले बाराको डुमरवाना पिलुवामा रहेको भद्रकाली सशस्त्र प्रहरी गणका एक प्रहरी जवानको बिहिबार मृत्यु भएको छ । उपचारको क्रममा उनको मृत्यु भएको हो । अन्य दुई जना बेहोस भएर उपचारपछि निको भएका छन् । तालीमको क्रममा रहेका उनीहरु डुमरवानामा दिउँसो रुट मार्च गरिरहँदा बेहोस भएका थिए । गणका प्रहरी उरीक्षक -गणपति) चिरन्जीवी कुँवरका अनुसार वीरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मत्यु हुनेमा पर्सा मिर्जापुर १ का पुनम यादव छन् । बेहोस भएर भर्ना भएका पर्साका विवेक लामा र बाराका सुगि्रम भक्त माझी उपचारपछि गणमा फर्केका छन् । 'रुट मार्चमा निस्केका प्रहरी मध्ये 'डिहाईडेसन' भएर तीन जना लड्दा तत्कालै अस्पताल पुर्यायौं' गणपति कुँवरले भने । दंगा तथा भीड व्यवस्थापन गर्न सशस्त्र प्रहरीले सरकारी सुरक्षा योजना अनुरुप गणमा तालीम हँुदैं आएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks