कान्तिपुर संवाददाता
काठमाडौ, श्रावण २४ - माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले पार्टीभित्रको आन्तरिक विवाद सारमा नभई रुपमा मात्र भएको बताएका छन् ।
राजधानीमा अखिल क्रान्तिकारी, पूर्वाञ्चल विश्वविद्यालय उपत्यका समन्वय समितिको दोस्रो सम्मेलन उद्घाटन गर्दै भट्टराईले पार्टीभित्रको विवाद सामान्य मात्र भएको दाबी गरे । 'सत्य तथ्य के हो त्यो ठम्याउनुपर्छ' उनले भने- वैचारिक संघर्षबाट आत्तिन हुँदैन ।'
पार्टी द्वन्द्वात्मक एकताबाटै अघि बढ्ने उल्लेख गर्दै भट्टराईले आफूहरु राष्ट्रिय संयुक्त सरकार निर्माण गरी परिवर्तन संस्थागत गर्न प्रतिबद्ध रहेको बताए । विगतदेखि नै संकटका बेला जहिले पनि माओवादी जिम्मेवार भएर निकास निकालेको प्रसङ्ग कोट्याउँदै भट्टराईले अब छिटै निकास निस्किने दाबी गरे । देशभित्रको एकता कायम भएमात्र वैदेशिक थिचोमिचोसँग लड्न सकिने भट्टराईको भनाइ थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks