Loving nepal news

Monday, August 16, 2010

एमाले कार्यकर्ताद्वारा झुण्डिएर आत्महत्या

बुबा कम्युनिस्ट नेता दिगेन्द्र राजवंशीले पनि एमाले केन्द्रीय कार्यालय परिसरमा रुखमा पासो लगाएर आत्महत्या गरेका थिए

झापा ३१ साउन (दैनिकी)

एमाले कार्यकर्ताका छोरा शम्भु राजवंशीले झुण्डिएर आत्महत्या गरेका छन् । गत वैशाखमा बुबा कम्युनिस्ट नेता दिगेन्द्र राजवंशीले पनि एमाले केन्द्रीय कार्यालय परिसरमा रुखमा पासो लगाएर आत्महत्या गरेका थिए । शम्भु राजवंशीले चारआली चोकबाट एक किलोमिटर दक्षिण-पूर्वको हडिया खोलाको किनारमा रहेको घर नजिकै झुण्डिएर आत्महत्या गरेका हुन् । पारिवारिक सोतका अनुसार आर्थिक अवस्था नाजुक भएका कारण उनले आत्महत्या गरेका हुन । शम्भू २०६० सालतिर भूमिगत भई लोकतन्त्र बहालीपछि घर फर्किएका थिए। शम्भूलाई जागिरमा लाग्न बाबुले कर गरिरहन्थे। एसएलसी उत्तीर्ण शम्भूलाई सशस्त्र प्रहरी वा अन्य कुनै सरकारी जागिरमा लगाइदिने आश्वासन पार्टीले दिएको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks