Loving nepal news

Saturday, August 21, 2010

अब राप्रपाको पनि युवा दस्ता

मकर श्रेष्ठ

भक्तपुर, भाद्र ५ - राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रमुख दलहरुको सिको गर्दै शनिबार भक्तपुरमा युथ भोलेन्टियर्स नामक युवा दस्ता सार्वजनिक गरेको छ ।

भोलेन्टियर्सको सार्वजनिक गर्ने कार्यक्रमको उदघाटन गर्दै पूर्व प्रधानमन्त्री एवं राप्रपाका संसदीय दलका नेता लोकेन्द्रबहादुर चन्दले मुलुकमा बढ्दो अन्याय अत्याचार रोक्न भोलेन्टियर्स गठन गर्नु परेको बताए ।

युथ भोलेन्टियर्स हिंसाको लागि नभई देशमा आइपरेको समस्यालाई समाधान गर्न गठन भएको उनले बताए । देशको स्वतन्त्रता, स्वाभिमान, अस्तित्व जोगाउने जिम्मा युवामा आएको छ' उनले भने, 'मुलुक असफलता तर्फगइ रहेकोले यसलाई जोगाउन हाम्रो पार्टीले भोलेन्टियर्स सार्वजनिक गरेका हौं ।'

भक्तपुरबाट सुरु गरेको युथ भोलियन्टिर्स गठन अभियान १५ दिन भित्र ७५ वटै जिल्लामा पुग्ने राप्रपाका महामन्त्री पशुराम खापुङले जानकारी दिए । ठूला तीन दलले मुलुकलाई अग्रगतिमा लैजान असफल भएकाले अब राप्रपाले मुलुकलाई अगाडि बढाउन पहल गरेको बताए ।

राप्रपाको केन्द्रिय सदस्य एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले पार्टीको रक्षा कवाज एवं समाजको अन्याय अत्याचारको बिरुद्धमा भोलेन्टियर्य कृयाशील रहने बताए ।

भक्तपुरमा राजेन्द्र लाखाको संयोकत्वमा भोलेन्टियर्स गठन गरेको छ । उनका अनुसार जिल्लामा दुई हजार यवा संगठनमा आबद्ध छन् ।

यस्तै युवा दस्ताको रुपमा माओवादीको वाइसीएल र एमालेको युथ फोर्स रहेको छ । यि दुवै संगठनको क्रियाकलापलाई लिएर व्यापक अलोचना भइरहेको बेला राप्रपाले पनि त्यस्तै युवा दस्ता सार्वजनिक गरेको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks