Loving nepal news

Sunday, August 1, 2010

दर्जनौं कलेजलाई कार्बाहीको सिफारिस

मकर श्रेष्ठ

काठमाडौ, श्रावण १६ - उच्च माध्यमिक शिक्षा परिषद्ले ऐन नियम विपरीत सञ्चालन भएका दर्जनौं उच्च माध्यमिक विद्यालयहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । परिषदको अनुगमन तथा अनुसन्धान शाखाले तयार पारेको प्रतिवेदनको आधारमा कलेजलाई कार्बाही प्रक्रिया अगाडि बढाइएको हो ।

एक ठाउँमा सम्बन्धन लिएर अर्को ठाउमा सञ्चालन भएका, विना स्वीकृति नाम परिवर्तन गरेका, शाखा बिस्तार गरेका उच्च माविलाई कार्बाही पक्रिया अगाडि बढाइएको परिषदका अनुगमन शाखाका प्रमुख जितबहादुर चौहानले जानका दिए । सुरुमा स्वीकृत लिंदा भन्दा फरक ठाउँमा लगेर जिल्ला शिक्षा कार्यालय र परिषद्बाट कागजी रुपमा सारेको देखाएपनि व्यवहारिक रुपमा नसार्ने कलेजलाई पनि कारवाही गर्न लागेको उनले बताए । परिषदका कर्मचारीहरु उपत्यकाको तीन जिल्लाको अधिकांश कलेजमा जिपिएस नामक उपकरण लिएर नाप जाँच गर्दै अनुसन्धान गरिरहेका छन् । ललितपुर र काठमाडौको अधिकांश स्थानमा अनुगमन सकिएपनि भक्तपुरमा बाँकी छ ।

अनुगमनको क्रममा दोषी देखिएका सबै उच्च माविलाई स्थगनदेखि खारेजीसम्मको कारवाही अगाडि बढाएको उनले जानका दिए । परिषद्ले त्यस्ता विद्यालयमा भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन फारम नलिने र परीक्षामा समेत सामेल नगराउने सम्मको कार्बाही अगाडि बढाएकोले अविभावक र विद्यार्थीलाई यस्ता कलेजमा भर्ना नगर्न आग्रह गरेको छ ।माध्यमिक तह एक ठाउमा र उच्च माध्यमिक तह अर्को ठाउँमा सञ्चालन भएका धेरै उच्चमाविको पहिचान भएपनि त्यसको विवरण चौहानले दिन चाहेनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks