केशव सावद कञ्चनपुर, २१ साउन
कञ्चनपुर सदरमुकामस्थीत महाकाली अञ्चल अस्पतालमा उपचारका लागी ल्याइएका तीनजना बिरामीहरुमा कडाखालको मलेरियाको सँक्रमण फेला परेको छ। अस्पतालमा उपचारका लागि आएका भीमदत्तनगरपालिका ७ हल्दुखालकी १७ वर्षिय मन्जु कार्की र उनकी बहिनी १० वर्षिय रेखा कार्की र भीमदत्तनगरपालिका ९ जिमुवाकी २२ वर्षिय गर्भवती महिला लक्ष्मी चन्दमा कडाखालको मलेरियाको सँक्रमण फेला परेको हो। उनीहरु तिनै जनालाई बेहोश अवस्थामा उपचारका लागी अस्पतालमा भर्ना गरिएको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. दिपेन्द्ररमण सिंहले बताउनुभयो। तीनैजनालाई बेहोशै रहेको अबस्थामा सघन कक्षको व्यवस्था गरेर उपचार गरिएको उपचारमा संलग्न डा.शुसिल ढकालले बताउनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालय लगायत विभिन्न संघसस्थाले भाइर इन्फुलुन्जा लगायतका जिवाणुहरुबाट बच्नका लागी विभिन्न कार्यक्रमहरु ल्याएको बताउँदै आएपनि प्रभावित हुने क्षेत्रमा भने नगएको पाईन्छ। केहिवर्ष यतादेखी कञ्चनपुरमा कडाखालको मलेरिया प्रायः देखिएको थिएन।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks