कान्तिपुर संवाददाता
नेपाल प्रवेश गर्ने तेस्रो देशका पर्यटकको संख्या बर्सेनि बढ्दै गएको छ । अध्यागमन कार्यालय काँकडभिट्टाले उपलब्ध गराएको साढे ५ वर्षको तथ्यांकले यस्तो देखाएको हो । कार्यालयका अनुसार सन् २००५ देखि १० को जुलाईसम्ममा २४ हजार ७ सय ४३ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । यसै अवधिमा २१ हजार २ सय ८५ जनाले बहिर्गमनमा यो नाका प्रयोग गरेका छन् ।
सन् २००५ मा ३ हजार १ सय १४, २००६ मा ३ हजार ६ सय ५८, २००७ मा ४ हजार ५ सय ४५, २००८ मा ५ हजार २ सय ६, २००९ मा ५ हजार १३ र २०१० को ७ महिने अवधिमा ३ हजार २ सय ७ जना तेस्रो देशका पर्यटक नेपाल प्रवेश गरेका हुन् । नेपाल छिर्नेमध्ये सबभन्दा बढी अमेरिकी छन् । त्यसपछि दक्षिण कोरिया, फ्रान्स, जापान, बेलायत र बंगलादेशी छन् । सन् २००९ मा ७ सय ४७ जना अमेरिकी नेपाल आएको अध्यागमनको तथ्यांकले देखाएको
छ । सन् २०१०को जुलाईसम्म पनि अमेरिकी पर्यटकको नेपाल आगमन बढ्ता छ । यो अवधिमा ४ सय ७१ नेपाल आएका हुन् ।
यसअघि अत्यधिक संख्यामा नेपाल आएका बंगलादेशीको आगमन दर भने प्रत्येक वर्ष घट्दो छ । सन् २००७ मा सबभन्दा बढी १२ हजार ५ सय ५३ जना नेपाल प्रवेश गरेकामा चालू आर्थिक वर्षको जुलाईसम्ममा ४ सय ९७ जना मात्रै नेपाल आएका छन् ।
'यो वर्ष हजार पुग्ने अवस्था छैन,' अध्यागमन कार्यालयका प्रमुख खेमराज खनालले भने, 'भिसा समस्याका कारण उनीहरूको आगमन दर न्यून भएको हो ।' गत वर्षको मुम्बई हमलापछि उनीहरूको आगमन घटेको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks