Loving nepal news

Tuesday, August 3, 2010

तटस्थ नबस्न एमालेलाई कांग्रेसको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १८ - प्रधानमन्त्रीको प्रत्यासी रहेको कांग्रेसलले आगामि २१ गते हुने निर्वाचनमा तटस्थ नवस्न एमालेसँग आग्रह गरेको छ । कांग्रेस-एमालेबीच मंगलबार एमाले संसदीय कार्यालय सिंहदरबारमा भएको छलफलमा कांग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्ना उम्मेदबार रामचन्द्र पौडेललाई सर्मथन गर्न आग्रह गरेको प्रवक्ता अर्जुननरसिंहले जानकारी दिए ।

एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतीय सरकारको लागि प्रयास भइरहेको बेला आफ्नो पार्टीले निर्णय परिवर्तन नगर्ने बताए । उनले सहमतीय सरकारको लागि अन्य दलसँग छलफल भइरहेकाले कांग्रेसलाई प्रधानमन्त्रीको निर्वाचनमा समर्थन गर्ने/नगर्नेवारे अर्को बैठकमा जानकारी दिने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks