Loving nepal news

Monday, August 9, 2010

खानेपानिको लागि २० लाख बराबरको भारतिय राजदुताबासको

रविन भट्टराई/ताप्लेजुङ २४ साउन

भारतिय राजदुताबासले ताप्लेजुङको एक गाविसलाई खानेपानिको लागि २० लाख बराबरको सहयोग गरेको छ। जिल्लाको थेचम्बु गाविस वाडा नं. १, २, ३, ४ र ५ वाडामा रहेका घरहरुलाई सेवा पुग्ने गरी भालुखोप खानेपानि योजनाको लागि उक्त सहयोग गरेको थेचम्बु उच्च माविका शिक्षक गंगा घिमिरेले जानकारी दिनुभयो।
शिक्षक घिमिरेका अनुसार उक्त वाडामा खानेपानिको असुविधाभएको र सो क्षेत्रका बासिन्दाले खानेपानिको लागिनै विहानभर १/२ घण्टा हिँडेर टाढा रहेको धाराबाट पानि लिएर आउनुपर्ने बाध्यता रहँदै आएको थियो।
भारतिय राजदुताबासले यो सहयोग गरेपछि उक्त वाडाका करीब १ सय घर प्रत्यक्ष रुपमा लाभान्भित हुने भएका छन्। राजदुताबसले यस भन्दा अगाडि सो गाविसमा सोलार सेट समेत वितरण गरेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks