Loving nepal news

Wednesday, August 25, 2010

अनिश्चितकालीन दार्जिलिङ बन्द दुई दिनका लागि फिर्ता

कान्तिपुर संवाददाता

सिलिगुडी , भाद्र ९ - प्रहरीले निकेल तामाङलाई शकुसल ल्याउने आश्वासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आव्हान गरेको अनिश्चितकालीन दार्जिलिङ वन्द दुई दिनका लागि स्थगित गरिएको छ ।

मोर्चाका प्रचार सचिव डा. हर्कबहादुर क्षेत्रीले दुई दिनभित्र तामाङलाई सार्वजनिक नगरिए वन्द पुनः सुचारु हृुने बताए ।

गोर्खा जनमुक्ति मोर्चाले निकेल तामाङको प्रहरी हिरासतै हत्या भएको आशंका गरिरहेका वेला वंगाल सरकारले भने तामाङलाई सकुशल फेला पार्नेलाई ५० हजार इनामको घोषणा गरेको छ ।

वंगाल प्रहरीले तामाङको गिरफ्तारीका लागि बुधवार देखि विशेष फोर्स परिचालन गरेको छ । प्रहरी प्रमुख डिपी सिंहले तामाङको खोजी तीव्र पारिएको जनाएका छन् । प्रहरीले तामाङ भागेर नेपाल छिरेको आशंका गर्दै सीमा क्षेत्रमा सर्तकता अपनाएको छ । सीमा सुरक्षा वलको सहयोग लिएर प्रहरीले नेपाल-भारतको सीमाको पानीटंकी र पशुपतिनगर नाकामा चेक जाचलाई तीव्रता दिएको छ ।

सिलिगुडीको पिन्टल भिलेजस्थित प्रहरी हिरासतमा रहेका तामाङ तीनदिन अघि फरार भएको प्रहरीले बताउदै आएको छ । तर, मोर्चाले भने तामाङ हिरासतमै मारिएको हुन सक्ने आशंका व्यक्त गर्दै आएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks