Loving nepal news

Saturday, August 14, 2010

थप एक गोर्खा सैनिक मारिए/दुई महिनामा तीन पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २९ २०६७ ०८:३२ - अफ्गानिस्तानको तालिवानी आक्रमणमा परि शुक्रबार अर्का एक गोर्खा सैनिकको मृत्यु भएको छ । कास्की घर भएका उनको परिवारलाई शनिबार बिहान जानकारी दिइएको बेलायती दूतावासले जनाएको छ ।

क्वीन्स गोर्खा इञ्जिनियर्समा कार्यरत ति गोर्खा सैनिकलाई अफगानिस्तानको तालिवानी सबैभन्दा बलियो गढ मानिएको हेल्मन्ड प्रान्तमा गोली हानिएको बताइएको छ ।

'अफगानिस्तानको शान्ति र स्थायित्वका लागि लडि रहेका एक युवा सैनिक हामीले गुमाएका छौं' बेलायती सेनाको एक सैनिक प्रबक्ताको भनाई दूतावसको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

योसहित बितेको दुई महिनामा अफ्गानिस्तान युद्धमा ज्यान गुमाउने गोर्खा सैनिकको संख्या तीन पुगेको छ ।

अर्का गोर्खा सैनिकको मृत्यु

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks