Loving nepal news

Thursday, August 26, 2010

'कुबेलाको वर्षा'


अब्दुल्लाह मियाँ

काठमाडौ, भाद्र ११ - जुलाईमा हुँदै आएको ठूलो वर्षा दुई/तीन वर्षयता अगस्टमा हुन थालेको छ । मनसुन अन्त्यको यो महिनामा मुलुकका सबै भागमा औसतभन्दा ५० प्रतिशत बढी पानी परेको हो ।

५/६ वर्ष अघिसम्म जुलाई (मध्य साउन) मा बढी वर्षा हुने गरेकामा भदौ पहिलो साता (अगस्ट दोस्रो साता) मा आएर पानी बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 'अगस्टमा बढी वर्षा हुन थालेको छ,' महाशाखा प्रमुख एवं मौसमविद् मणिरत्न शाक्यले बिहीबार कान्तिपुरसित भने, 'गत वर्षजस्तै यो पटक पनि त्यस्तै भयो ।' उनले यो वषर्ालाई 'कुबेलाको वर्षा' भनी टिप्पणी गरे । पछिल्ला वर्षमा जुन र जुलाईमा खण्डवृष्टि मात्रै हुने गरेको छ । यो वर्ष पनि मुलुकका धेरै भागमा ती दुई महिना खण्ड वर्षा हुँदा बेलैमा रोपाइँ हुन सकेन । महाशाखाका अनुसार दाङबाहेक कुनै पनि भागमा औसतसम्मको वर्षा भएन । जुलाईमा केही भागमा मात्रै औसत वर्षा भयो ।

साउन (जुलाई) सबैभन्दा बढी वर्षा हुने महिना भए पनि दुई/तीन वर्षदेखि त्यसमा परिवर्तन भई अगस्टमा बढी वर्षा हुन थालेको मौसमविद्हरूको विश्लेषण छ । 'जुन/जुलाईमा आवश्यक पानी परेन,' अर्का मौसमविद्् राजेन्द्रप्रसाद श्रेष्ठले कान्तिपुरलाई भने, 'यो पटक अगस्टमा औसतभन्दा ५० प्रतिशतसम्म बढी वर्षा भयो ।'

अमेरिकास्थित पुर्दे युनिभर्सिटीको अध्ययनले पनि पछिल्ला वर्षमा दक्षिण एसियाली मुलुकमा मनसुनी समयमा परिवर्तन (मनसुन प्याट्रन) आएको निष्कर्ष निकालेको थियो । जलवायु परिवर्तनका कारण त्यस्तो भएको उसको निष्कर्ष थियो ।

सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष १७ जुनमा मुलुकको पूर्वी भाग हुँदै प्रवेश गरेको थियो । देशभर फैलन थप एक साता लागेको थियो । असार (जुन) मा अत्यधिक कम वषर्ा

भयो । अगस्टमा पोखरामा सबैभन्दा बढी (९७९ मिलिमिटर) वर्षा भयो भने सबैभन्दा कम विराटनगरमा (५६ मिमि) मात्रै भयो । अगस्टमा काठमाडौंमा ४ सय ५०, धनगढीमा ६ सय २७, सुर्खेतमा २ सय २५, जुम्लामा १ सय ९०, भैरहवामा ५ सय ६५, सिमरामा ३ सय २१, धनकुटामा १ सय ७८ मिलिमिटर वर्षा भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks