काठमाडौ, भाद्र २ - पश्चिम चितवनको मंगलपुर स्थित ज्ञानेश्वर सामुदायिक वनमा एक पोथी गैंडा करेन्ट लागेर मरेको छ ।
मृत अवस्थामा फेला परेको सो गैंडाको खाग र खुर भने सुरक्षित रहेको छ । गैंडा मरेको देखेपछि सामुदायिक वनले वन कार्यालयलाई खबर गरेपछि कर्मचारीहरु निरिक्ष्णको लागि सामुदायिक वनमा पुगेका छन् । खेतमा लगाईएको धानबाली जोगाउन लगाईएको विद्युतिय धरापमा परि सो गैंडा मरेको बताईएको छ । गएको बैशाख र जेठमा गरि ६ वटा गैंडा तस्करले मारेका थिए । तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ४ सय ८ गैंडा रहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks