Loving nepal news

Sunday, August 22, 2010

सहमति आधारसहित एमालेले प्रमुख दलहरूलाई आज पत्राचार गर्ने

काठमाडौ, भाद्र ७ - एमालेले राष्ट्रिय सहमतिका लागि अघि सारेको आधारपत्रमा अन्य दलको सहमति जुटाई राजनीतिक निकास दिन सोमबारको प्रधानमन्त्री चुनावपछि निर्णायक पहल थाल्ने भएको छ । त्यसका लागि शनिबार पोलिटब्युरो बैठकबाट पारित आधारपत्रसहित माओवादी, कांग्रेस र मधेसीलगायत दललाई सोमबार औपचारिक पत्राचार गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पनि सहमतिको आधारपत्रलाई परिणामुखी बनाउनेबारे छलफल भएको थियो । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य केपी ओली, भरतमोहन अधिकारीलगायत नेताहरूबीच अनौपचारिक छलफल भएको थियो ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार राजनीतिक सहमति जुटाउने अवस्था अझै पनि कायम रहेकाले त्यसलाई परिणाममुखी बनाउन सहमतिको आधारपत्रमाथि अन्य दलसँग निणर्ायक छलफल गर्न लागिएको हो ।
'हामीले तयार गरेको आधारपत्रमा केन्दि्रत रहेर अरू दललाई पनि सहमत गराउने पहल गर्छाैं,' ज्ञवालीले कान्तिपुरसँग भने, 'अब गम्भीरतापूर्वक वार्ता गरेर परिणाममा पुग्नैपर्ने अवस्था छ ।' उनले राजनीतिक गतिरोधको अवस्था धेरै समय लम्ब्याउन नहुने पक्षमा एमाले रहेको बताए । 'तत्काल कुनै दललाई मत हाल्ने भन्ने निर्णय गर्ने बेला भएको छैन,' उनले भने, 'तर सहमतिको प्रयास सफल भएन भने अनन्तकालसम्म अन्योल राख्नु हुँदैन ।' उनले पाँचांै चरणको चुवावपछि दलहरूलाई सहमतिका लागि अझै दबाब बढ्ने भएकाले परिणाम ननिस्कने आशा व्यक्त गरे ।
एमाले पोलिटब्युरोले राष्ट्रिय सहमतिका लागि एक महिनाभित्रै माओवादीलाई लडाकुबाट अलग पारी चार महिनाभित्र समायोजन र पुनःस्थापना सक्ने प्रस्ताव पारित गरेको थियो । लडाकु समायोजन, वाईसीएलको अर्धसैन्य संरचनाको विघटन, कब्जा सम्पत्ति फिर्ता र आयोगहरू गठन सम्बन्धमा पनि समयसीमासहितको प्रस्ताव पारित गरेको थियो ।
लडाकुबाट अलग भएपछि अन्य दल सहमत हुँदाको अवस्थामा माओवादी नेतृत्वको पनि सरकार बन्न सक्ने र मन्त्रालयको बाँडफाँड संसद्मा रहेको दलीय हैसियतअनुरूप गरिने एमालेको प्रस्ताव छ । समायोजनमा जाने लडाकुको संख्या प्रमुख दलको सहमतिमा तयार गरिने उसको प्रस्ताव छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks