सत्ता समिकरणमा भारतीय भूमिका निर्णायक हुने राष्ट्रिय अन्तर्राष्ट्रिय विश्लेषण भईरहँदा शरण नेपाल आउनुलाइ अर्थपुर्ण रुपमा हेरिएको
काठमाडौं २० साउन(दैनिकी)
भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष दूत एवं नेपालका लागि पूर्वभारतीय राजदूत श्यामसरण बिहीबार बिहानैबाट राजनीतिक भेटघाटमा सक्रिय हुनुहुन्छ । दुई दिने नेपाल भ्रमणको क्रममा बुधबार नेपाल आउनुभएको श्यामशरणले आज विहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । नयाँबजारस्थित प्रचण्ड निवासमा भएको भेटवार्तामा पछिल्लो समय बिग्रिएको माओवादी र भारतको आपसी सम्बन्धका विषयमा तथा नेपालको राजनीतिक गतिरोधका विषयमा छलफल भएको बुझिएको छ । भेटमा श्यामशरणले भारतप्रति माओवादी दृष्टिकोणबारे जिज्ञासा राख्नु भएको थियो । विशेष दूत शरणले सरकार गठनमा देखिएको अन्योललाई हटाउन पहल पनि आग्रह गरेको बुझिएको छ ।
आजै विशेष दूत शरणले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई, नेपाली कांग्रेस, सहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग राजनीतिक परामर्श गर्ने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ । शरणले नेपाल बसाइको क्रममा राष्ट्रपति प्रधानमन्त्री मन्त्रीहरु र प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग जारी राजनीतिक गतिरोध अन्त्यकालागि राजनीतिक सहमति कायम गर्ने विषयमा छलफल गर्ने बताइएको छ । ।
सत्ता समिकरणमा नेपालको भारतीय भूमिका निर्णायक हुने राष्ट्रिय अन्तर्राष्ट्रिय विश्लेषण भईरहँदा नेपालका लागि भारतीय पूर्व राजदूतसमेत रहेका शरण भारत सरकारको प्रतिनिधिको रुपमा बुधबार नेपाल आउनुलाइ अर्थपुर्ण रुपमा हेरिएको विश्लेषकहरु बताउछन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks