कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र १२ - स्वतन्त्र सञ्चारमाध्यमहरुका चार संगठनले भारतीय दुतावासलाई कुटनीतिक मर्यादा र बिश्वब्यापी प्रेस स्वतन्त्रताको मूल्य मान्यता परिपालना गर्न सचेत गराएका छन् ।
नेपाल मिडिया सोसाइटी, टेलिभिजन व्रोडकास्टर्स नेपाल, व्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले शनिबार संयुक्त बिज्ञप्ति प्रकाशन गरी भारतीय दुतावासले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।
'नेपाली सञ्चार माध्यममा प्रकासन प्रसारण हुने विषय निर्धारण गर्ने सार्वभौम अधिकार नेपाली सञ्चार माध्यमहरुमा रहेको र सो कुरा पूर्णरुपमा प्रयोग गरिरहेको तथ्य स्मरण गराउँदै दुतावासलाई कुटनीतिक मर्यादा र बिश्वब्यापी प्रेस स्वतन्त्रताको मूल्य मान्यता परिपालना गर्न हामी भारतीय दुतावासलाई सचेत गराउन चाहन्छौं' बिज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा मानव स्वास्थ्यको निम्ति संवेदनसील उपभोग्य वस्तुको गुणस्तर सम्वन्धमा नेपाल सरकारको आधिकारीक निकायले गरेको छानविन र सत्य तथ्य विवरणको आधारमा नेपाली सञ्चार माध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर समग्र नेपाली सञ्चार माध्यमहरुको मानहानी हुने गरी दुतावासले तल्लो स्तरको आरोप लगाउनु आफैंमा आपत्ति जनक विषय हो भनिएको छ ।
'नेपालका सम्पूर्ण सञ्चार माध्यमहरुका तर्फबाट हामी भारतीय दुतावासको यस्ता आपत्तिजनक हस्तक्षेपको घोर निन्दा एवं भर्त्सना गर्दछौं' बिज्ञप्तिमा भनिएको छ, 'साथै भारतीय दुतावासलाई आफ्नो गल्ती महशुस गर्दै तत्काल क्षमायाचना गर्न र अव उप्रान्त यस्तो कार्य नगर्न सचेत गर्दछौं ।' संगठनहरुले नेपाल सरकारको तर्फबाट तत्काल दूतावासको यस्तो रवैया सम्वन्धमा प्रतिवाद गर्न समेत माग गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks