काठमाडौं, भाद्र ४ - इटालीमा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन- ४ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले कायमन द्वीपलाई ७ विकेटले पराजित गरेको छ ।
७० रनको लक्ष्य पाएको नेपालले ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो । टस जिटेर व्याटिङ रोजेको कायमन द्वीपले ३९ दशमलव ५ ओभरमा सवै खेलाडी गुमाउँदै ६९ रन जोडेको हो ।
यसअघि बिहीबार भएको खेलमा नेपाललाई अमेरिकाले हराएको थियो भने बुधबार भएको खेलमा नेपालले अर्जेन्टिनालाई ८ विकेटले हराएको थियो । आइतबार भने नेपालले आयोजक इटालीलाई ५ विकेटले हराएको थियो भने मंगलबार तान्जानियासँग ९ रनले पराजित भएको थियो ।
Nepal rocks..i see them in world cup :P
ReplyDelete