काठमाडौं, भाद्र ९ - इमालको महेन्द्र रत्न बहुमुखी क्याम्पसलाई पाँच वर्ष भित्रमा विश्व विद्यालयको बनाउने पहल सुरु भएको छ । इलामेली विद्यार्थी मञ्च र पूर्व विद्यार्थीहरुले मंगलबार राजधानीमा कार्यक्रम आयोजना गरी सहयोगको आग्रह गरे ।
छलफलमा सभामुख सुवासचन्द्र नेवाङ्गले विश्व विद्यालय वनाउने पाँचवर्षे रणनैतिक योजना तयार गरेर थालेको प्रयास सकारात्मक भएका बताए । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख डा. खगेन्द्रनाथ शर्माले अराजगता र राजनैतिक पूर्वाग्रहलाई त्यागेर क्याम्पसलाई सहयोग गर्न सबैलाई आग्रह गरे । त्रिविका उपकुलपति माधवराज शर्माले सार्दभिक विषयवस्तुको पठनपाठन गर्ने व्यवस्था गरि प्रतिस्पर्धाका आधारमा पााच वर्ष भित्रमा इलामलाई विश्वविद्यालयको रुप दिनुपर्ने औंलाए ।
कार्यक्रममा त्रिविका रेक्टर सूर्यलाल अमात्य, प्राध्यापक नोवलकिशोर राई, स्थानिय विकास मन्त्रालयका पूर्व सचिब खेमराज नेपालले क्याम्पसले लिएको महत्वकांक्षी तथा प्रभावकारी योजनालाई चाँडो पूरा गरि इलामलाई नमुना विश्वविद्यालय स्थापना गर्नुपर्ने वताए । विश्वविद्यालय निर्माणका लागि त्रिवि मार्फत १७ करोड २५ लाख रुपैयाँ अनुदान प्राप्त हुने भए पनि बाँकी रकम आवश्यक परेको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks