Loving nepal news

Monday, August 2, 2010

उच्च शिक्षा पढ्न आउनेको सङख्या बढेपछि कोठाभाडा

रमेश बम सुर्खेत १८ श्राबण

एस एल सि उतिर्ण पछी उच्च शिक्षा पढ्नकालागी मध्यपश्चिम र सुदुरपश्चिमका पाहाडी जिल्लाहरुबाट बिध्यार्थीहरु सुर्खेतमा आउने क्रम बढेपछी बिरेन्द्रनगरमा कोठाभाडा आकासिएको छ । मध्यपश्चिमका दाङ, रुकुम, रोल्पा, जाजरकोट, सल्यान, जुम्ला, हुम्ला र सुदुरपश्चिमका अक्षाम, बाजुरा, बैतडी, कैलाली लगाएतका ठाउहरुबाट एस एल सी उतिर्ण गरेका बिध्यार्थीहरु उच्च शिक्षा पढ्नकालागी सुर्खेतको बिरेन्द्रनगर आउने क्रम बढेको छ ।
प्राप्त जानकारी अनुसार उच्च शिक्षा पढ्नकालागी सुर्खेतमा बिध्यार्थीहरुको चाप बढेपछी बिध्यार्थीहरु चर्को मुल्यमा कोठाभाडा लिएर बस्न बाध्य भएका छन । अहिले बिरेन्द्रनगरमा सामान्य कोठाको मुल्यपनि एक हजार रुपैया तिर्नु परेको बिध्यार्थीहरुको भनाई छ ।
एकातीर चर्को कोठाभाडा र अर्कोतिर महगो खाध्यान्नका कारण बाहीरबाट बिरेन्द्रनगरमा पढ्न आएका गरीव, बिपन्न परीबार्का बिध्यार्थीहरुलाई थप समस्या परेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks