शान्ति प्रकृयादेखि संविधानसभा निर्वाचनसम्म नेतृत्व गरेकाले सरकारको नेतृत्वको दावी जायज भएको: कांग्रेस
काठमाडौ, २४ श्रावण (दैनिकी)
एकीकृत नेकपा माओवादीले दलहरुबीच राष्टिय सहमति भए प्रधानमन्त्रीबाट उम्मेदवारी फिर्ता लिन सकिने तर नेपाली कांग्रेसको नेतृत्वको सरकार स्वीकार्न नसकिने बताएको छ । माओवादीले सोमबार कांग्रेस नेतृत्वसँग भएको छलफलमा उक्त कुरा बताएको हो । उसले राष्ट्रिय सहमतिको आधार निर्माण भए उम्मेदवारी फिर्ता लिन तयार भएको तर प्रधानमन्त्रीको दौडमा रहेको नेपाली कांग्रेसले निर्वाचनमा आफ्नो दलको उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न गरेको आग्रह माओवादीले ठाडै अस्वीकार गरेको हो । छलफलपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले आफ्नो नेतृत्वको राष्ट्रिय सहमतिको सरकारदेखि सबै बिषयमा कांग्रेस नेतृत्वसँग छलफल भएको बताउनुभयो । उहाँले सबै दलहरु गम्भीर भएर सहमतिमा पुगे राष्ट्रिय सहमतिको लागि उम्मेदवारी फिर्ता लिन सकिने पनि बताउनुभयो। छलफलपछि कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले माओवादी लडाकु र हतियारबिहीन नागरिक पार्टी बन्नुपर्ने अडान कांग्रेसले राखेको बताउनुभयो । उहाँले कांग्रेसले शान्ति प्रकृयादेखि संविधानसभा निर्वाचनसम्म नेतृत्व गरेकाले सरकारको नेतृत्वको दावी जायज भएको कुरा माओवादी समक्ष राखेको बताउनुभयो ।प्रधानमन्त्री निर्वाचन पाँचौपटक भदौ २ गते हुँदैछ । यसअघि साउन ५, ७, १७ र २१ गते भएका चारपटकको निर्वाचनमा प्रधानमन्त्रीमा बहुमत दुबै नेताले ल्याउन सकेका थिएनन् । प्रतिष्पर्धामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पाँचौपटक हुनुहुन्छ । सिहदरवास्थित माओवादी संसदीय दलको कार्यालयमा सोमबार भएको छलफलमा दुबै दलका शीर्ष नेताहरुको उपस्थिति थियो । दलको छलफलमा कांग्रेसले औपचारिक रुपमा निर्वाचनमा सघाउन माओवादी समक्ष आग्रह गरेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks