Loving nepal news

Monday, August 16, 2010

बैंकका सुरक्षा गार्ड मृत अवस्थामा

सुदिप श्रेष्ठ इलाम, ३१ श्रावण

नेपाल बैंक लिमिटेड इलामका सुरक्षा गार्ड पाँचथर च्याङ्थापु–९ निवासी ५९ पुण्यप्रसाद ढुङ्गेल ड्युटीकै समयमा मृत फेला परेका छन्। हिजो राती ९ बजेनै सुतेका उनी आज विहान मृत अवस्थामा भेटिएका हुन्। ढुङ्गेल एक वर्ष अघिनै नेपाल बैंकबाट पेन्सन भएर पुनः करारमा कार्यरत रहेको बैंकले जनाएको छ। भारतीय प्रहरीबाट समेत उनी पेन्सन भइसकेका थिए।
तीन जना गार्ड पालै पालो बैंकमा ड्युटि गर्दथे। उनका साथी कृष्ण राईले आफ्नो ड्युटी सकेर हिजो राती ९ बजे ढुङ्गेललाई जिम्मा लगाएर गएको बताए। ३ घण्टा उनीहरुको पालो परेको थियो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks