कपिल भट्ट/कैलाली, २१ साउन
शान्ति तथा पून निर्माणमन्त्री रकम चेम्जोङ्गले समायोजन र पुनस्थापनाका लागि अस्थायी शिविरमा राखिएका माओवादी जनसेनामा शान्ति सम्झौता विपरित भर्ना लिइए त्यसले जारी शान्ति प्रक्रिया विथोलिने बताउनुभएको छ । आज कैलालीको गेटा विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दे उहाले अहिलेको आवश्यकता शान्ति प्रक्रिया र संविधान निर्माण गर्नु भएकोले एकीकृत नेकपा -माओवादी)ले शान्ति सम्झौता विपरित त्यस्ता कार्य नगर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय सुरक्षको जिम्मेवारी पाएको सेनाले शान्ति सम्झौता हुँदाको संख्या नवढ्ने गरेर पदपूर्ति गर्न पाउने बताउनुभयो । 'यो नयाँ भर्ना होइन पुरानो पदपूर्ति मात्र भएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री चेम्जोङ्गले तथस्तता सहमति निर्माणका लागि भएको उल्लेख गर्दे सहमति नहुञ्जेल तटस्थ नै रहने बताउनुभयो । उहाँले जेठ १४ गतेको सम्झौता कार्यान्वयन गरे माओवादी नेतृत्वमा पनि सरकार गठन हुन सक्ने बताउँदै र त्यो सरकारमा एमाले,कांग्रेस र मधेसी दल पनि सहभागि हुनुपर्ने बताउनुभयो ।
सहमतिय सरकार वनेन भने माधव नेपाल सरकारकै हालत हुने र फेरि यही सरकार पुनस्थापना गर्नुपर्छ भन्ने तर्क पनि गलत भएको मन्त्री चेम्जोङको भनाई थियो । अव वन्ने सरकार कुनैपनि हालतमा बहुमतिय हुनुनहुनेमा समेत स मन्त्री चेम्जोङ्गले जोड दिनुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks