Loving nepal news

Wednesday, August 11, 2010

पहिरोमा एकै परिवारका तीनको मृत्यु

कान्तिपुर संवाददाता

ओखलढुंगा, श्रावण २७ - ओखलढुंगाको पश्चिमि गाविस खिजि फलाटे-३ मा पहिरोले बगाएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय इन्द्रबहादुर सुनुवार र उनकी छोरीहरु १२ बर्षीय रमिला र २ बर्षीय रश्मी छन् ।

स्थानीयवासी र नेपाली सेनाका जवानले बिहीबार उनीहरुको शव फेला पारेको हो । बुधबार राति १० बजे गएको पहिरोमा उनीहरु वेपत्ता भएका थिए । इन्द्रबहादुरका ६ बर्षे छोरा राजकुमारको जिवितै उद्धार गरिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks