Loving nepal news

Tuesday, August 10, 2010

४४ नेपाली चीनको कुङमिङमा अलपत्र

कान्तिपुर संवाददाता

हङकङ, श्रावण २६ -

मकाउको ल्याण्डमार्क होटल तथा क्यासिनोबाट अवकाश पाइ नेपाल र्फकने क्रममा रहेका ४४ नेपाली चीनको कुङमिङमा अत्रपत्र परेका छन् ।

गोन्जाउ प्रान्तका लागि मात्र भिसा लिएका यिनलाई विना भिसा छुट्टै प्रान्त कुङमिङ पुर्‍याइएपछि स्थानीय अध्यागमनले त्यहँाबाट नेपालका लागि उडान गर्न रोकेको हो । गत शुक्रबार मकाउबाट उडेका नेपालीहरु दुईरात विमानस्थलमा विताएपछि होटलमा सारिएको पीडित मध्येका एक साधुराम खड्काले मंगलबार टेलिफोनमा कान्तिपुरलाई बताए । 'हामीले सबै नेपालीलाई पुनः गोन्जाउ फर्काएर नेपाल उडाउने व्यवस्था मिलाईसकेका छौँ,' कामदार फर्काउने जिम्मेवारी लिएका म्यानपावर व्यवसायी त्रिलोक गुरुङले भने, 'कुङमिङका लागि छुट्टै भिसा चाहिनेबारे जानकारी नहुदा यसो हुन गएको हो ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks