Loving nepal news

Saturday, August 28, 2010

काँग्रेस कार्यकर्ताको हत्या

शिब पुरी


रौतहट, भाद्र १३ - हतियारधारी अज्ञात समुह गए राती रौतहटको देबाही गाबिस घर भएका नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधिको गोली हानि हत्या गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले राति नै दुईजनालाई नियन्त्रणमा लिएको छ ।

देबाही गाबिस-८ ४५ वर्षीय बिलटराय यादबको अज्ञात समूहले राति करिब १२ बजे गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । कन्चट र घाँटीमा दुई गोली लागेको यादबलाई उपचारका लागि सदरमुकाम गौर ल्याउँदा गर्दा बाटोमा मृत्यु भएको थियो । यादब क्षेत्र नम्बर ३ का नेपाली काग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । घट्नापछि राति नै प्रहरी उपरीक्षक पिताम्बर अधिकारी सहितको प्रहरी टोली घट्नास्थल पुगेको थियो । प्रहरीले घट्नामा संलग्न रहेको आरोपमा स्थानिय रामबिनोद राय र सर्फलाल यादबलाई पक्राउ गरेको जनाएको छ । घट्नापछि प्रहरीले केही शंकास्पद स्थानमा सर्च गरेको छ । घट्नाको आबश्यक अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks