Loving nepal news

Saturday, August 28, 2010

गतिरोधको कारक माओवादीः सुशिल * काँग्रेस विपक्षमा बस्न तयार

अब्दुल्लाह मियाँ

काठमाडौ, भाद्र १३ - नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले माओवादीले विगतमा गरेको सहमति र सम्झौताहरुको कार्यान्वयन नगरेकाले मुलुकमा विभिन्न समस्याहरु उत्पन्न भएको बताएका छन् ।

उनले माओवादीकै हठका कारण मुलुक अर्निणयको बन्दी बनेको आरोप लगाए ।

संविधान निर्माण प्रक्रिया र प्रधानमन्त्रीको चयन बारे ध्यानाकर्षण गराउन आइतबार बिहान उनको महाराजगंजस्थित निवासमा पुगेको संसदीय मामिला पत्रकार समाजको टोलीसंग कुरा गर्दै उनले माओवादीप्रति रोष प्रगट गरेका थिए ।

माओवादीकै कारण पटक-पटक संसद अवरुद्ध हुनुका साथै मुलुकमा अशान्ति,हिंसा,हत्याका घटना बढेेको उनले आरोप लगाए । माओवादीप्रति आक्रमक प्रस्तुत भएका उनले निर्वाचनमा सहभागी भएर सरकार संचालन गरिसकको पार्टीले हत्या हिंसालाई निरन्तरता दिई अमन चयन कायम गर्नमा सहयोग नगरेको गुनासो गरे ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना जस्ता प्राप्त महत्वपूर्ण उपलब्धीलाई जोगाउन नसकिएको चिन्ता व्यक्त गर्दै उनले त्यसको कारक तत्व खोजीको विषय भएको बताए ।

संविधान निर्माण वा अन्य प्रक्रिया अवरुद्ध हुनुमा काँग्रेस दोषी नरहेको दावी गर्दै उनले मुलुकलाई ठप्प बनाउने कारक तत्वको पहिचान हुन जरुरी रहेको उल्लेख गरे । 'काँग्रेस शान्ति र अमन चयन चाहन्छ,'उनले भने-'त्यही अपेक्षा माओवादीबाट पनि गर्दछ ।' कब्जा गरिएका सम्पती फिर्ता,वाईसीयलको अर्द्ध सैनिक संरचना भंग लगायतका सहमतिहरु माओवादीबाट कार्यान्वयन नभएकोमा उनले आपत्ती प्रगट गरे ।

मुलुकको बिग्रदो अवस्था र दुई महिना भइसक्दा पनि प्रधानमन्त्रीको चयन हुन नसकेको प्रति राष्ट्रपतिले गहिरो चिन्ता प्रगट गरेको उनले जानकारी दिए ।

काँग्रेसले अहिलेसम्म गरेको सहयोगका कारण एमालेले आफूहरुलाई सहयोग गर्नुपर्ने विश्वास व्यक्त गर्दै उनले भने-'मुलुकलाई अर्निणयको बन्दी बनाउनु हुँदैन,एमालेले हामीलाई गर्दैन भने माओवादीलाई भोट हाल्दिए पनि हुन्छ, हामी विपक्षमा बस्न तयार छौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks