काठमाडौं, भाद्र १४ - रक्षामन्त्री विद्यादेवी भण्डारीले नेपाली सेना अनमिनको निगरानीमा बस्न नसक्ने बताएकी छन् । उनले अनमिनको निगरानीबाट बाहिर निकालेर सीमित कार्यदेशसहित अनमिनको म्याद तीन महिना थप्न सकिने बताइन् ।
'अब नेपाली सेना अनमिनको निगरानीमा बस्न सक्दैन,' सोमबार रिपोर्टर्स क्लवको साक्षात्कारमा उनले भनिन्, 'शान्ति सम्झौतालाई पुनरावलोकन गरेर भए पनि त्यसो गर्नु पर्छ यो मेरो स्पष्ट अडान हो ।' मन्त्री भण्डारीले भर्ना प्रक्रिया र उपकरणको विवाद झिकेर सेनालाई प्यारालाईसिस बनाउने खेल दाबी गरिन् । लडाकुलाई नेपाली सेनामा भर्ना गर्नेबारे शान्ति सम्झौतामा त्यस्तो कुरा उल्लेख नभएको दावी गर्दै उनले भनिन्, 'सुरक्षा निकायमा समायोजन भन्नासाथ नेपाली सेना समायोजन भन्ने अर्थ लाग्दैन ।'
माओवादी लडाकुको सुरक्षा निकायमा समायोजन गर्दा एक हतियार एक लडाकुको आधारमा समायोजन हुने लडाकुको संख्या तय गर्नु पर्ने रक्षामन्त्री भण्डारीको भनाइ छ । 'समायोजन हुने सुरक्षा निकायको मापदण्ड नमान्ने हो भने त्यो संगठनको क्षमतामा ह्ास आउछ र अराजकता पनि बढ्छ,' उनले भनिन् ।
भोट कांग्रेसलाई
एमाले उपाध्यक्षसमेत रहेकी रक्षामन्त्री भण्डारीले कांग्रेसलाई मत दिने संकेत गरिन् । एमालेको तटस्थताका कारण मुलुकले प्रधानमन्त्री पाउन नसकेको स्वीकार गर्दै उनले प्रधानमन्त्रीका दुई प्रत्यासी मध्ये एकको पक्षमा एमालेले मतदान गर्नु पर्ने बताइन् । माओवादी हतियारसहित भएकाले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पार्टीले मतदान गर्नु पर्ने उनको भनाइ छ ।
भदौ २० गते हुने प्रधानमन्त्रीको छैठौ चरणको निर्वाचनबाट पनि कुनै निकास ननिस्कने स्पष्ट भइसकेकोले २४ गते बस्ने पार्टीको पोलिटब्यूरो बैठकले बाम प्रजातान्त्रिक गठबन्धनलाई दह्रो बनाउँदै रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने दावी गरिन् । 'बाम प्रजातान्त्रिक गठबन्धनलाई दह्रो बनाउनु पर्छ । यसका लागि २२ दलको अहिलेको गठबन्धनलाई तोडनु हुँदैन,' उनले भनिन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks