Loving nepal news

Monday, August 2, 2010

पहिरोमा पाँचको मृत्यु, पाँच वेपत्ता

कान्तिपुर संवाददाता

दोलखा, श्रावण १८ - दोलखाको उत्तरी क्षेत्रको गैरिशंकर र खारे गाविसमा रहेको सिपि्रङ खोला जलविद्युत परियोजनामामा सोमबार राति पहिरो जाँदा पाँच जना मजदुरको मृत्यु भएको छ । पाँच वेपत्ता छन् । छ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो गएको हो । त्यहाँ रात्री शिफ्टमा ६० भन्दा बढी मजदुर काम गरिरहेका थिए ।

प्रहरीले पहिरो सिपि्रङ खोलमा मिसिएका कारण सबैलाई खोलाले बगाएर लगेको हुनसक्ने जनाएको छ । परियोजनास्थलमा रहेको प्रहरी चौकी जोगिएको छ ।

सदरमुकामबाट टाढा र दुर्गम स्थानमा रहेका कारण थप मानवीय र अन्य क्षतिको विवरण आइसकेको छैन । घाइतेहरुको उद्धारका लागि हेलिकप्टर ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल अप्ठ्यारो ठाउँमा भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । सिंगटी इप्रका र गोंगर प्रहरी चौकीबाट उद्धार टोली घटनास्थल तर्फ गएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks