रासस
काठमाडौं, भाद्र ६ - संविधान निर्माण र नयाँ प्रधानमन्त्री चयनमा प्रक्रियामा उत्पन्न गतिरोधका सम्बन्धमा आइतबार राष्ट्रपति रामवरण यादव र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ्गबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा राष्ट्रपति डा. यादवले राजनीतिक जटिलताप्रति गम्भीरतापूर्वक चिन्ता व्यक्त गरे । अध्यक्ष नेम्बाङ्गले पत्रकारसँग कुरा गर्दै राष्ट्रपति यादवले चौथोपटकसम्म पनि प्रधानमन्त्री चयन हुन नसक्दा निरकुङ्शताविरोधी आन्दोलन र संविधानसभाबाट प्राप्त अवसरको सदुपयोग कसरी गराउने भन्नेबारेमा जनतामा चिन्ता उत्पन्न भएको धारणा राखेको जानकारी दिए ।
राष्ट्रपति यादवले लोकतान्त्रिक, विधि, प्रक्रिया र पद्धतिबमोजिम दलहरूले यस अवसरलाई सदुपयोग गर्नु र राजनीतिक निष्कर्ष निकाल्नुको विकल्प नभएकामा पनि जोड दिए । सभाध्यक्ष नेम्बाङ्गले सोमबार हुने प्रधानमन्त्रीको पाँचौपटकको निर्वाचन र राजनीतिक सहमतिका विषयमा आइतबार दिउँसो प्रमुख दलका नेतासँग आफूले गरेको छलफलका सम्बन्धमा पनि राष्ट्रपति यादवलाई अवगत गराउनुभएको थियो ।
अध्यक्ष नेम्बाङ्गले सरकार कामचलाउ भइरहँदा आर्थिक जटिलता देखिएको र लोकतान्त्रिक पद्धतिबमोजिम जनताप्रति उत्तरदायी सरकारको अभाव रहेको विषयमा आपसी विवादका विषयलाई छलफल गरेर टुङ्गोमा पुर्याउन दलहरू प्रतिबद्ध रहेको पनि राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks