भद्र शर्मा
काठमाडौ, श्रावण १६ - एमाले महासचिव ईश्वर पोखरेलले सोमबार हुने प्रधानमन्त्रीको निर्वाचनमा पनि आफ्नो पार्टी तटस्थ बस्ने बताएका छन् ।
'हामी आफ्नो निर्णयमा अडिग छौं' आइतबार राजधानीमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा महासचिव पोखरेलले भने, 'कुनै पनि बहुमतीय सरकारको पक्षमा जाँदैनौं, यसले शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर्याउँदैन ।'
सहमतीय सरकार लागि सबै दलले 'जेरो प्वाइन्ट' मा आएर नयाँ बहस चलाउन पर्ने उनको भनाइ थियो । नेता पोखरेलले माधकुमार नेपालको नेतृत्वका सरकारलाई राष्ट्रिय सहमतीय सरकारको लागि राजिनामा दिन लगाएको र अध्यक्ष झलनाथ खनालले बहुमत प्राप्त गर्दा पनि एमाले सरकारमा सहभागी नभएको उल्लेख गरे । उनले भने, 'यो एमालेको त्याग हो, यसलाई कमजोरीको रुपमा नबुझ्न सबैलाई आग्रह गछौं ।'
एमालेले तटस्थ बसेरर मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्ने आरोपप्रति नेता पोखरेलले पूर्वाग्रहीको राजनीतिको संज्ञा दिए । 'आरोप लगाउनेहरु राजनीतिलाई कितामा बुझ्नेहरु हुन् पूर्वाग्रहीहरुले जहिले यसरी नै बुझ्ने गर्छन्' उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks