काठमाडौ, श्रावण ३० २०६७ ११:२८ - ६४औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारद्वारा २० वटा एम्बुलेन्सहरु र ४ वटा विद्यालय बसहरु उपहार स्वरुप प्रदान गरिएको छ । नेपालका विभिन्न भागमा अवस्थित चिकित्सा संस्थानहरु, परोपकारी संस्थाहरु तथा शैक्षिक संस्थाहरुलाई उक्त सवारी प्रदान गरिएको हो ।
आइतबार स्वतन्त्रता दिवस मनाउन राजदूतावास परिसरमा आयोजित सार्वजनिक कार्यक्रमा भारतका राजदूत राकेश सूदले १७ जिल्लाका उपहार प्राप्त गर्ने संस्थाहरुलाई १६ वटा एम्बुलेन्सहरु र ४ वटा बसहरु उपहार स्वरुप प्रदान गरे । ४ वटा एम्बुलेन्सहरु बिरगञ्ज स्थित भारतीय महावाणिज्यदूत टि. अशोकले बीरगञ्ज महावाणिज्यदूतावासको क्षेत्र अन्तर्गत पर्ने पर्सा, महोत्तरी, रौतहट र चितवन जिल्लाहरुका संस्थाहरुलाई उपहार स्वरुप प्रदान गरेका छन् ।
स्वतन्त्रता दिवस समारोहमा राजदूत सूदले देशका केही दुर्गम जिल्लाहरु सहित नेपालका विभिन्न क्षेत्रमा अवस्थित शैक्षिक र तालिम प्रदान गर्ने २५ वटा संस्थाहरुलाई पुस्तकहरु पनि उपहार स्वरुप प्रदान गरे ।
उक्त समारोहमा राजदूतले भारतीय भूतपूर्व सैनिक कल्याणकारी संगठनद्वारा प्रकाशित 'भूपू २०१०' वाषिर्क प्रकाशनको विमोचन समेत गरे ।
भारत सरकारले सन् १९९४ देखि नेपालको ६८ जिल्लाहरुमा अवस्थित विभिन्न संस्थाहरुलाई २ सय ८२ एम्बुलेन्सहरु प्रदान गरिसकेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks