कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र १६ -
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पटक-पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेपछि पार्टीले केही फरक निर्णय गर्न लागेको बताएका छन् ।
त्यस्तो निर्णय के हुने बारे नखुलाएपनि उनले उम्मेदवारी फिर्ता लिन सक्ने तर्फ संकेत गरे । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीसंग बुधबार आफ्नै निवासमा भएको भेटमा उनले प्रधानमन्त्रीको चक्रव्युबाट निस्किन जारी केन्द्रीय समिति बैठकले केही निर्णय लिन सक्ने बताए । उनले २० गते हुने निर्वाचन अघि नै पार्टीले निर्णय लिने जानकारी दिए ।
उनले पटक पटक निर्वाचन दोहोरिएकाले आफूलाई निकै चिन्तित बनाएको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks