काठमाडौं २० साउन (दैनिकी)
प्रमुख तीन दलको बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा नयां बानेश्वरस्थित संविधानसभा भवनमा बिहीबार बसेको थियो । उक्त बैठकले कुनै ठोस निष्कर्ष निकाल्न सकेन । प्रमुख तीन दलको आ-आफ्नै अडानका कारण बैठक एजेन्डामा नै प्रवेश नगरिकन टुंगिएको बताइएको छ । संविधान लेखनका विवादित विषय समाधान गर्न मुख्य तीन दलहरुले छलफललाई तीव्रता दिने विषयमा भने सहमत भएका छन । आजको बैठकमा सरकार गठन र संविधान निर्माण कार्यतालिकामा संशोधन बारे छलफल हुने बताइएको थियो । संविधानसभाका अध्यक्ष सुवसचन्द्र नेम्वाङका अनुसार अब पुनः अर्को बैठक साउन २३ गते बसेन भएको छ । बैठकमा मुख तीन दलका मुख्य सचेतकहरु सहभागी थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks