Loving nepal news

Friday, August 6, 2010

झाडापखालावाट दाङमा थप एकको ज्यान गयो

दशरथ घिमिरे लमही २१ साउन

झाडापखालाका कारण शुक्रवार दाङमा एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा रिक्साचालक बुद्विराम रोका मगरको मृत्यु भएको राप्ती उपक्षेत्रिय अस्पताल घोराही दाङले जनाएको छ। घोराही–८ बडहरानिवासी रोका मगरको उपचारका क्रममा मृत्यु भएको हो। झाडापखालाका कारण मृत्यु हुनेमा जिल्लामा यससँग जिल्लामा ११ जना पुगीसकेको छ। दाङ जिल्लामा झाडापखालाका बिरामी यति धेरै फैलिएको यो पहिलो हो। झाडापखालाको प्रकोप बढ्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय दाङलगायत विभिन्न सरोकारवाला संघसंस्थाहरुले गंभीररुपमा लिँदै सचेतना, औषधी, उपचारलाई तिवर्ता दिन थालेका छन्। यो सहित जिल्लामा झाडा पखाला वाट मृत्यु हुनेको संख्या १२ नाघि सकेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks