काठमाडौ, श्रावण २८ २०६७ ०६:५४ - परराष्ट्र मन्त्री सुजाता कोइरालाले आफुलाई मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को डिजाइनमा कुनै हालतमा हस्ताक्षर नगर्ने बताएकी छन् ।
उनले आफुलाई नमूनामा हस्ताक्षर गर्न परराष्ट्र सचिवले अनावश्यक दवाव दिएको बताउँदै आफुले हस्ताक्षर नगर्ने बताएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि संवाददाताहरुसंग कुरा गर्दै शुक्रबार उनले सार्वजनिक खरिद ऐन अनुसार हस्ताक्षर गर्न दवाव दिएको बताएकी हुन् ।
'ऐनले सम्झौतामा हस्ताक्षर भएको एक साताभित्र एमआरपीको नमूनामा हस्ताक्षर गर्ने भनेको छ' उनले भनिन्, 'तर, मलाई सम्झौता हुनुअघि नै हस्ताक्षर गर्न दवाव दिइरहेका छन् ।' उनले आफुले एमआरपीको नमूनामा कुनै हालतमा सही नगर्ने बताएकी छन् ।
उनले प्रधानमन्त्रीले भने पनि आफुले एमआरपीको नमूनामा हस्ताक्षर नगर्ने बताइन् । 'यो हाम्रो मुलुकको र्सार्वभौम सत्ता र सुरक्षाको कुरा हो' उनले भने, 'म कुनै हातलमा पनि हस्ताक्षर गर्दिन ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks