कान्तिपुर संवाददाता
काठमाडौं, भाद्र १६ - प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राजनीतिक निकासबारे वार्ता भएको छ । ललितपुरको निजी घरमा भएको वार्तामा सरकार निर्माण गरी निकास खोज्ने बिषयम छलफल भएको श्रोतले जनाएको छ ।
दलहरुले राजनीतिक निकास निकाल्न नसके निरंकुश शक्तिले ठाउँ पाउने भन्दै सहमति खोज्न दुबै पक्षमा सहमत भएका थिए । दाहालले आफू प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिएर राजनीतिक सहमति निकाल्न तयार भएको उल्लेख गर्दे कांग्रेसलाई सहमतिमा ल्याउन आग्ह गरेको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री नेपालले सहमतिका लागि कांग्रेस नेताहरुसंग छलफल गर्ने बताएका थिए । दुबै पक्ष सकभर भदौ २० गते हुने निर्वाचनमा सहमति खोज्ने बिषयमा छलफल भएको थियो । माओवादीले एक पक्षीय रुपमा अन्मिनको म्याद थप्ने बिषयमा सहमति गरी अघि बढ्न नेपाललाई आग्रह गरेको थियो ।
नेपालले सबैको सल्लाहमा अन्मिनको म्याद थप्ने बिषयमा टुंगो लगाउने बताएको श्रोतले जनायो । दुबै पक्षबीच सरकारले ल्याउने बजेटका बिषयमा पछि लफल भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks