महाकाली पुलमा तीन दिनदेखि आवतजावत वन्द
केशव सावद कञ्चनपुर ४ भदौ
विगत तीन दिनदेखि लगातार रुपमा परिरहेको अविरल वर्षाका कारण महाकाली नदीले कटान तिव्र पारेपछी महकाली छेउछाउका स्थानिय जनताहरुले सुरक्षीत स्थानको खोजी गरिदिन प्रशासनसंग माग गरेका छन्। जनताको तटवन्ध कार्यक्रम अन्तरगत करोडौ रुपैयाको लगानी गरेर उचित योजना विना महकाली नदिमा निर्माण गरिएको तटबन्ध बाढीले भत्काएपछि स्थानिय जनताहरुले प्रशासनसँग सुरक्षित स्थानको खोजीका लागि माग गरेका हुन्। महकाली नदिले भीमदत्त नगरपालिका वडानम्बर ११ भुजेलामा एक महिना अघि निर्माण गरिएको बाढीले तटबन्धसंगै राखिएका ७ वटा स्परहरु समेत बगाएर लगेको छ। तटबन्ध र सबै स्परहरु बाढीले बगाएर लगेपछि महाकाली गाउँ पस्ने डरले स्थानीय बासिन्दा त्रसित वनेका छन्। नदीमा पानीको वहाव तिव्र गति वढेको छ भने कटान पनि तिव्र पारेको छ। स्थानिय वासीन्दाले प्रशासनलाई गुहार गरेको भएपनि प्रशासनले भने कुनै आवश्यक कदम चालेको छैन्। महाकली गाउ पसेपछी भीमदत्तनगर पालिकाका वडा न ११, १२, १३, १४ र १६ का हजारौ परिवार विस्थापित हुनेछन्। वर्षेनी महाकली नदी नियन्त्रणका छुटयाइने गरेको भएपनि गुरुयोजना विना नै सहि तरिकाले लगानी नभएपछी नदीले कटान वर्षेनी गरेको छ। बाढीले अहिलेसम्म १०० मिटर तटवन्ध भत्काईसकको छ। यसैविच महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले नेपाल–भारत आवतजावत गर्ने बनवासा पुलमा तीन दिन अघिदेखि आवागमनमा लगाएको रोक अझै खोलेको छैन्। पुलको अवस्था कमजोर भएका कारणले भारतीय पक्षले ठुला सवारी साधनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। विहान सम्मको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ९६ हजार २ सय ४ क्विसेक पानी पुगेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks