Loving nepal news

Sunday, August 1, 2010

राजमार्ग ठप्प, हजारौ यात्रु सडकमै अलपत्र

केदार ओझा

काठमाडौं, श्रावण १६ - पृथ्वी राजमार्ग भएर काठमाडौ आउने र काठमाडौंबाट जाने हजारौं सर्वसाधरण आइतवार दिउँसो तीन बजेदेखि सडकमै अलपत्र परेका छन् ।

नागढुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रमुख रमेश बस्नेतका अनुसार घादिङ्ग जिल्ला विकास समितिले रोढा, ढुङ्गा र गिटीमा प्रति क्यूफिट ५० पैसा कर बढाएको बिरोधमा ट्रिपर व्यवशायीले सडक ठप्प पारेपछि यात्रु अलपत्र परेका हुन् । साउन १ गतेदेखि बढाएको कर साउन १५ गतेसम्म फिर्ता नलिए सडक ठप्प पार्ने चेतावनी यसअघि नै ट्रिपर व्यावशायीले जिल्ला विकास समितिलाई दिएको थियो ।

जिल्ला विकास समितिले टि्रपर व्यावशायीको आग्रह पुर्नविचार नगरेपछि आइतवार तीनबजेदेखि अधिकांश ट्रिपरलाई सडकमा तेर्स्याएर बाटो अवरोध गरिएको छ । यसअघि बिहानदेखि अपरान्ह तीनबजेसम्म जिविसको विरोधमा ट्रिपर व्यवशायीले गाडी नचलाएर बिरोध गरेका थिए ।

ट्राफिकका अनुसार दैनिक पृथ्वीराजमार्ग हुँदै ६ हजार भन्दा बढी गाडीहरु ओहोर दोहोर गर्ने गर्छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks