बागलुङ, भाद्र १५ - मंगलवार विहान गएको पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ । बागलुङ नगरपालिका ४ हाडेपाखाबाट झरेको पहिरोले स्थानीय २७ बर्षका निर्मल शर्माको मृत्यु भएको हो ।
विहान काठमाण्डौ जान हिडेका शर्मा विहान साँढे पाँचबजे पहिरोमा परेको प्रहरीले बतायो । माइक्रो बसको टिकट काटेका शर्मा नआएपछि खोजी गर्दा मोवाइलको स्विच अफ भएको पाइएपछि खोजी गरिएको थियो । पहिरो गएको स्थान नजिकमा वासिन्दाले मानिस परेको आशंका गरेपछि शर्मालाई पहिरोमा परेको अनुमानले खोजी गरिएको थियो । लगातार ४ घण्टाको खोजी पछि डोजरको सहायताले पहिरो पन्छाउने क्रममा शर्माको शव भेटिएको थियो । शर्माकी एक श्रीमती र एक छोरी रहेको आफन्तले बताए । मृतक शर्माको शवलाई पोष्टमार्टमका लागि प्रहरीले बागलुङ अस्पतालमा ल्याएको छ । पोष्टमार्टम पछि शव परिवारलाई बुझाइने प्रहरी निरिक्षक कृष्णप्रसाद अर्यालले बताए ।
पहिरोले सदरमुकाम बागलुङ बजार देखि पश्चिमी क्षेत्र तर्फ जाने मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध भएको छ । गाउँ जाने गोरेटो बाटो पनि अवरुद्ध भएपछि विद्यालय तथा क्यामपस अध्ययन गर्न आउने विद्यार्थी, अन्य बटुवा समेत अलपत्र परेका छन् । लोकमार्ग अवरुद्ध भएपछि दर्जनौ सवारीका साधन पनि बाटैमा अलपत्र परेका छन् । नेपाल प्रहरी र नेपाली सेनाका सयबढी जवानहरुले बाटो खुलाइरहेका छन् । दुइसय मीटर भन्दा माथी बाट आएको पहिरोले सयौं रुखहरु समेत बगाएकोले बाटो खुलाउन समस्या भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks