प्रधानमन्त्री चयनका लागि बारम्बार मतदान भर्इरहँदा देशका जनताहरूमा रोष
काठमाडौं, १७ साउन (दैनिकी)
अब फेरी देशले प्रधानमन्त्री चयनका लागि केही समय कुर्नु पर्ने भएको छ, संसदमा सोमबार भएको मतदानमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दुबैले बहुमत ल्याउन सकेन। माओवादी उम्मेदवार पुष्पकमल दाहालको पक्षमा २५९ मत, विपक्षमा ११४ तथा २०८ सदश्यहरू तटस्थ रहेका थिए। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा १२४ मत, विपक्षमा २४६ तथा १८६ सदश्यहरू तटस्थ रहेका थिए।
यसअघि संसदले साउन ५ र ७ मा पनि देशलार्इ प्रधानमन्त्री दिन सकेको थिएन।संसद नियमावली अनुसार प्रधानमन्त्री चयन नभएसम्म मतदानको प्रक्रिया दोहोरिँदै जानेछ। यसरी सदनमा प्रधानमन्त्री चयनका लागि बारम्बार मतदान भर्इरहँदा देशका जनताहरूमा रोष उत्पन्न समेत हुन थालेको छ।
तेस्रो पटकको निर्वाचनमा पनि एमाले, मधेसवादीदलहरू, नेकपा माले, संयुक्त लगायतका दलहरुले मतदान गरेनन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks