सञ्जीव चापागाई,झापा २४ साउन
झापाका विभिन्न स्थानमा भएका विभिन्न घटनामा परि ४ जनाको मृत्यु भएको छ।
पानिमा डुवेर दुइ वालकको तथा करेन्ट लागेर र सर्पले डसेर अन्य दुइ व्यक्तिको मृत्यु भएको हो । विषालु शर्पको डसाइबाट झापाको अर्जुनधारामा एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा ६ का ४५ वर्षिय विष्णु प्रसाद पराजुलीको सर्पको डसाइवाट मृत्यु भएको हो। राति ११ वजेतिर सर्पले डसेपछि उपचारका लागि लगिएका उनको चाराली स्थित सर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यसैगरी शनिस्चरे ८ स्थित देवी वस्तीमा करेन्टलागेर गयराति एक व्यक्तिको मृत्यु
भएको छ। घरमा इन्भर्टर जोड्ने क्रममा करेन्ट लागेर ४२ वर्षिय बहादुर राइको मृत्यु भएको हो। उनलाइ राति १० वजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ। उता झापाको सतासीधाम ४ स्थित लालझोडा पोखरीमा आज विहान एक वालकको शव फेला परेको छ।
स्थानीय लालबहादुर थापाका १३ वर्षिय छोरा सुर्य थापाको शव घर छेउको माछा
पोखरीमा फेला परेकेा इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
त्यस्तै झापकै हल्दीवारीमा अर्का एक वालकको पानिमा डुवेर मृत्यु भएको छ।
स्थानीय माछा पोखरीमा पौडी खेल्ने क्रममा डुवेर १२ वर्षिय संगम राइको
मृत्यु भएकेा हो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks