Loving nepal news

Monday, August 23, 2010

प्रधानमन्त्रीको अर्को निर्वाचन भदौ २० गते

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र ७ - पाँच पटकसम्म भएको निर्वाचनमा पनि प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि अर्को निर्वाचन भदौ २० गते तोकिएको छ ।

प्रधानमन्त्रीको चुनावकालागि अर्को मिति तय गर्न सोमबार साँझ बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले भदौ २० गते दिउँसो ३ बजे प्रधानमन्त्रीको निर्वाचन गर्ने निर्णय गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको वैठकमा संविधानसभा प्रतिनिधित्व गर्ने २७ वटै दलका नेता सहभागी थिए ।

सोमवार भएको पाँचौ पटकको चुनावबाट पनि प्रधानमन्त्री चयन हुन नसकेपछि अर्को मिति तय गरिएको हो । संसदमा पाँचौं पटक सोमवार भएको प्रधानमन्त्रीको चुनावमा माओवादी उम्मेदवार पुष्पकमल दाहाल र कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलमध्ये कसैले पनि बहुमत ल्याउन सकेनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks