काठमाडौं, भाद्र ८ - विपरीत दल र ध्रुबमा उभिएका पूर्वपञ्चहरु भावी रणनीति तयार गर्न एकै ठाउँमा जुटेका छन् ।
राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको निवासमा भएको भेलामा पुर्वप्रधानमन्त्रीहरु तुलसी गिरी, सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजेश्वर देवकोटालगायतका नेता सहभागि थिए । पूर्वराजा एवम् पूर्वयुवराजले सार्वजनिक उपस्थिति बढाउन थालेको सन्दर्भमा राजावादी राजनीतिज्ञहरुले सामूहिक भेटघाट थालेका हुन् ।
भेलामा शाहीकालिन मन्त्रिपरिषद्का उपाध्यक्ष गिरीले पूर्वपञ्चहरुको पार्टी एकता र राजसंस्थाको पुनर्स्थापनाका लागि विशेष सक्रियताका निम्ति प्रस्ताव राखेको सहभागी स्रोतको दावी छ । राप्रपा नेपालका अध्यक्ष थापाले भेटघाटको पुष्टि गरे पनि त्यहाँ कुनै राजनीतिक छलफल नभएको दावी गरे । 'पञ्चायतकालमा संगै काम गरेकाहरुबीच सामाजिक भेटघाटका लागि लावतीले बोलाउनुभएको हो,' उनले कान्तिपुरसंग भने, 'संगै खाना खाइयो, त्यहाँ कुनै राजनीतिक छलफल भएन ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks