समाचार लेखेकोमा पत्रकारलाई धम्की दिनेले माफी मागे
यज्ञमूर्ति तिमिल्सिना/साउन ४ पाल्पा
स्थानीय एक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राको अर्धनग्न तस्वीर सार्वजनिक गर्ने व्यक्तिलाई पक्राउ गरी प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ। तानसेन स्थित प्रतिभा फोटो स्टुडियोमा फोटो खिच्न आएका बेला ती छात्राको स्टुडियोका सञ्चालक दुर्गा श्रेष्ठले सो फोटो खिचेको ती छात्राले बताएपछि प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको हो। दुई जनाले ख्यालख्यालैमा खिचेको उक्त तस्वीर तानसेन स्थित एक कलरल्यावमा कार्यरत तिर्थ नामका युवाले सोही युवतीको नाममा फेसबुक बनाई सार्वजनिक गरिदिएका थिए। प्रत्येकको मोवाइलमा व्लुतुथ र फेसबुक मार्फत फोटो सार्वजनिक गर्ने युवा भन्ने सो हल्ला चल्नासाथ फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बताए।
यसअघि पनि जिल्लामा नाम चलेको कलेजकी छात्राको व्लुभिडियो सार्वजनिक भएपछि उनले जिल्लाका कतिपय पत्रकारलाई टेलिफोन गरी सो कुरा सार्वजनिक नगर्न अनुरोध गरेकी थिइन्। त्यसपछि प्रहरीले जिल्लाका विभिन्न ग्रँमीण क्षेत्र, श्रीनगर, दोभान, नाम चलेका होटलबाट कयौ यौन जोडी पक्राउ गरी कारवाही गर्दा पनि समस्या ज्यूका त्यू छ।
उता सोही समाचारलाई लिएर पाल्पा स्थित मिलोनियम कलेजका प्रँध्यापक अमर बस्नेतले पत्रकारलाई धम्की दिई पुन माफी मागेका छन्।
जिल्लामा यौन विकृति भित्रिएको विषयमा यसअघि पनि जिल्लाको मिलोनियमकी छात्राको व्लु भिडियो सार्वजनिक भएको भन्ने समाचार झुट भएको भन्दै पत्रकार नारायण पंंगेनीलाई प्राध्यापक बस्नेतले धम्क्याएका थिए। प्राध्यापक बस्नेतले प्रहरीका सामु आइन्दा त्यस्तो नगर्ने भन्दै सार्वजनिक माफी मागेका छन्।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks